दफा ४५
ऋण दाबी पेश गर्न म्याद दिनु पर्ने
: (१) लिक्विडेटरले खारेजीमा परेको कम्पनीका सबै
साहूहरूलाई तोकिएको ढाँचामा आफ्नो ऋण दाबी पेश गर्न पन्ध्र दिनको म्याद सूचना दिनु
पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको सूचना राष्ट्रिय स्तरको पत्रपत्रिकामा कम्तीमा दुईपटक प्रकाशन गर्नुपर्नेछ ।
(३) उपदफा (१) बमोजिमको म्यादभित्र दाबी पेश नगरेका साहूहरूको दाबीलाई लिक्विडेटरले स्वीकृत नगर्न सक्नेछ ।
तर सो म्यादभित्र दाबी पेश गर्न नसकेको मनासिब कारण सहित लिक्विडेटरसमक्ष निवेदन गरेमा निजले त्यस्तो निवेदनको व्यहोरा मनासिब भए त्यस्तो दाबी स्वीकार
गर्न सक्नेछ ।